उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

भक्तपुरको दुवाकोटस्थित नम्बर –११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्