कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको रौतहटका एक पुरुषको मृत्यु



वीरगञ्ज । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरुषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका ९ डुमरिया बस्ने ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।

ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटमा उपचार गरिएको थियो । स्थितिमा सुधार नआएपछि अस्पतालले थप उपचारकालागि उनलाई वीरगञ्ज रिफर गरेको थियो । गम्भिर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका उनको मृत्यु आज बिहान ३ः३५ बजे भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्