हेटौंडामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि



हेटौंडा । हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति मृत्यु भएका हेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षका बृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।
मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्