अमेरिकामा कोरोनाबाट सबैभन्दा बढी कुन राज्यमा कति मानिसको ज्यान गयो ?



corona Death us

एजेन्सी । अमेरिकाका कोरोना संक्रमितहरुको संख्या ५४ लाख नाघेको छ । जन हपकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाको क्यालिफोर्नियामा सबैभन्दा बढी संक्रमितको संख्या पुगेको छ । क्यालिफोर्नियामा ६ लाख २२ हजार ४२७ जना संक्रमित संख्या पुगेको छ भने दोश्रोमा फ्लोरिडा रहेको छ ।

फ्लोरिडामा संक्रमितहरुको संख्या ५ लाख ७३ हजार ४ सय १६ पुगेको छ । त्यस्तै टेक्ससमा संक्रमितहरुको संख्या ५ लाख ५४ हजार ८ सय २६ पुगेको छ भने न्युयोर्कमा ४ लाख २५ हजार ५०८ पुगेको छ । त्यस्तै जर्जिया, न्युजर्सी लगायतका राज्यहरुमा संक्रमितहरुको संख्या १ लाख ८० हजारभन्दा बढी रहेको छ ।

मर्नेहरुको संख्या १ लाख ७० हजारभन्दा बढी
अमेरिकामा कोरोना संक्रमणबाट ज्यान जानेहरुको संख्या १ लाख ७० हजार नाघेको छ । त्यसमध्ये सबैभन्दा बढी न्युयोर्कमा ३२ हजार ८ सय ४०, न्युजर्सीमा १५ हजार ९ सय १२, क्यालिफोर्निया र टेक्सासमा १० हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडा, पेन्सिलवेनिया, मेसाचुसेट्स लगायतका राज्यमा ७ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । विश्वमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्यामध्ये २० प्रतिशत अमेरिकाले ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्