
कास्की । पोखरामा उपचारका क्रममा २ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एक/एक जना छन् । पोखरा महानगरपालिका १६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक निर्देशक डा.अर्जुन आचार्यले दिए ।
उनका अनुसार गत साउन ३२ गते उच्च ज्वरो तथा स्वासप्रश्वास समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेकोमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषमा कोरोनासहित मधुमेह, प्रेसरलगायतका रोगको समस्या रहेको बताइन्छ । हालसम्म पश्चिमाञ्चल चार जन सङ्क्रमितको मृत्यु भएको छ ।





