पर्सामा ७ प्रहरीसहित ६६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पर्साका थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरी सात जना प्रहरी हुन् ।

संक्रमण पुष्टि भएका २५ जना पर्साको बहुदरमाई नगरपालिकाका हुन् । बहुदरमाई नगरपालिका -४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रंमित छन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, वीरगन्ज महानगरपालिका-१० मुर्ति चोकका ८ जना, छपकैयाका ५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्