धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेमा एक जना बृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका ७ घर भएका ९८ वर्षीय बृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै भएको हो ।

उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलीखेल अस्पतालमा उपचार गराउन गएका थिए ।

कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएसाति साढे १२ बजे उहाँको निधन भयो प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने ।

प्रतिक्रिया दिनुहोस्