कोरोना संक्रमित कांग्रेस नवलपरासीका उपसभापति गिरीको मृत्यु



नवलपुर । नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्दै गिरीको मंगलबार बिहान निधन भएको छ ।

उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

निमोनियासमेत देखिएका उनको कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पुर्याइएका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेशन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्