काठमाडौंका १ सहित थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो



काठमाडौं । बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्