काठमाडौं उपत्यकामा १८६ सहित थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्