नेपाल प्रहरीका डीआईजीलाई कोरोना संक्रमण



काठमाडौं । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक ( डीआईजी) लाई कोरोना संक्रमण भएको छ । यद्यपि अवस्था सामान्य छ ।

स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको रिपोर्टमा डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।

पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अगपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्