विराटनगरमा कोरोना संक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु



विराटनगर । कोराना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगर तीनपैनीकी महिलाको धरानमा निधन भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत उनको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पताबाट अत्यधिक ज्वरो र श्वासप्रश्वास समस्या आएपछि शनिबार धरान रिफर गरिएको थियो ।

ती महिलाको आइतबार बिहान १२ बजेर ३० मिनेटमा निधन भएको हो । प्रवक्ता डा. सापकोटाको अनुसार मृतक महिलामा दीर्घकालीन रोगसँगै फोक्सो र थाइराइडको समस्या थियो । शव व्यवस्थापनको थयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्