रगतको अभावमा रक्तदान हुँदै



काठमाडौं । सिभिल भोेलेन्टिएर ग्रुप नेपाल रेडक्रस सोसाइटी कपन उपशाखाको संयुक्त आयोजनामा बूढानीलकण्ठ नगरपालिका १० मा रक्तदान कार्यक्रम हुने भएको छ ।

रगतको चरम अभावका कारण कोरोना कहरको समयमा पनि सतर्कता र सावधानी अपनाउँदै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

युवाहरुको एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै साउन ३१ गते शनिवार कपन स्थित बालउद्धार माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम हुने भएको हो । आयोजकका अनुसार रक्तदान कार्यक्रम विहान ११ देखि २ बजेसम्म हुने भएको छ । रक्तदान गर्न इच्छुक महानुभावहरुलाई रक्तदान गरिदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्