
रौतहट । रौतहटमा बिहीबार गौर नगरपालिकाका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।
गौर नगरपालिकामा वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकारसहित १७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको सप्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको फोकल पर्सन गुप्ताले बताए ।





