
काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।
तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।
एक जना खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । हामी उहाँलाई खबर गछौं । उहाँ कहाँ कसरी बसिरहनुभएको छ, हाम्रो टिमले बुझ्छ स्रोतले भन्यो, होम आइसोलेसनमा बस्ने हो भने त्यहीँ सल्लाह दिन्छौं । लक्षण छ हस्पिटल लैजानुपर्ने भयो भने हस्पिटल लैजान सल्लाह दिन्छौं ।





