
विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका १५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मुत्यु भएको हो ।
कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपािलका १ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।
विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।





