उपत्यकाका १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाण्डौं । बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोेरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११, र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म हेशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्