चिकित्सकलाई कोरोना संक्रमण भएपछि मेची आम्दा अस्पताल सिल



झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर १० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थितरुपमा अस्पतालकै माथिल्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ ।

मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको संक्रमण फेला परेको हो । केही दिनअघि मेचीनगर १० धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्