कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा



काठमाडौं । कोरोनाबाट संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो ।

गत सोमबार ८४ पर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस (कोभिड -१९) को संक्रमण पुष्टि भएको बताएका थिए । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको साष्ट्रपति थिए ।

प्रतिक्रिया दिनुहोस्