मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि



हेटौंडा । मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईले जानकारी दिए ।

संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना वडा नं. ५ का ४ जना वडा नं. ४ का ४ जना छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १ १ जना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्