सांसद कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । प्रदेश १ सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी नेकपाका तर्फबाट प्रदेश सभासदस्य निर्वाचित भएकी हुन् ।

आफूलाई कोरोना पुष्टि भएपछि श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी छन् ।

‘कोभिड १९ को महामारीबाट अछुतो रहन सकिएन । २४ गते स्वाब परीक्षण गराएको थिएँ, आज रिपोर्ट पोजेटिभ आएछ । नयनजी र मसँग एक हप्ताभित्र सम्पर्कमा रहनु हुने सम्पूर्ण महानुभाबहरु रचेत र सजग रहनु होला’, उनले अरुलाई पनि सचेत गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्