किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

अन्य अस्पतालले भर्ना नलिएपछि भौंतारिदा भौंतारिँदै पाटन अस्पताल हुँदै हामीकहाँ आउनु भएको थियो पाठकले भने आईसीयुमा राखेर उपचार गर्दागर्दै उहाँको देहान्त भयो ।

प्रतिक्रिया दिनुहोस्