सिरहामा एकै वडाका ८ जनामा कोरोना संक्रमण पुष्टि



सिरहा । सिरहामा एकै वडाक ८ जनाममा कोरोना (कोभिड-१९) पोजेटिभ देखिएको छ । नगरपालिकाले सञ्चालन गरेको जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका सुखीपुर नगरपालिका ९ वैशखाका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

सुखीपुर नगरपालिकाबाट ८३ जनाको स्वाब टेष्ट गरिएकोमा क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएके नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उनीको स्वाव परीक्षण गरिएका उनीहरुको रिपोर्ट आजै बिहान आएको हो ।

रोजगारीको क्रममा भारतको हरियाना पुगेका उनीहरु केहि दिनअघि आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरु ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुष हुन् । कोरोना पोजेटिभ देखिएका उनीहरु सबैलाई थप उपचारको लागि सिराहाको धनगढी नगरपालिका ११ मा रहेको महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल लपगएको छ ।

प्रतिक्रिया दिनुहोस्