
विराटनगर । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए ।





