
काठमाडौं । पर्सामा थप २२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ५० पुगेको छ ।
संक्रमितमध्ये ६ जना महिला छन् । गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज-१५ भेडियाहीकी ४५ वर्षीया महिला पनि संक्रमितको सूचिमा छिन् ।
आइतबार राति संक्रमण पुष्टि भएकामध्ये मगनुस फर्मामा कार्यरत ३६ र ४० वर्षीय पुरुष तथा ४८ वर्षीया महिला छन् ।
पर्साको पोखरिया नगरपालिका-१ का ५२ वर्षीया पुरुष, पोखरिया अस्पतालमा मार्यरत २५ वर्षीय चिकित्सक र २३ वर्षीय पुरुष तथा २२ वर्षीय महिला स्वास्थ्यकर्मीमा कोरोना दखिएको छ । छाती दुखेर पीसीआर गराउन गएका वीरगञ्ज ओम आश्रम श्रीपुरका १८ वर्षीय युवक र ज्वरो आएर पीसीआर गराएका वीरगञ्ज-२ छपकैयाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
वीरगञ्ज रेल्वेरोड बस्ने ५० वर्षीय पुरुष, वीरगञ्ज-११ श्रीपुरका २२ र २७ वर्षीय पुरुष तथा ५० वर्षीया महिलामा कोरोना देखिएको छ ।
वीरगञ्ज-१२ का ३५ र ३५ वर्षका पुरुष र महिला तथा वीरगञ्ज-१६ नगवाका ५० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २२,२९, २६ र ३५ वषीइ पुरुषमा कोरोना देखिएको छ । बारा घर भई वीरगञ्जको नारायणी अस्पतालको मेडिकल वार्डमा कार्यरत २० वर्षीया युवतीमा समेत कोरोना देखिएको छ ।





