रोटरी क्लब अफ पशुपतिद्वारा टिचिङ अस्पताललाई पिपिइ हस्तान्तरण



Rotary club

काठमाडौं । रोटरी क्लब अफ पशुपति काठमाडौंले टिचिङ अस्पताललाई पिपिइ सेट हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष शालिकराम अधिकारी लगायत क्लबको टिमले टिचिङ हस्पिटल डाइरेक्टर डा. रोहित पोख्रेललाई हस्तान्तरण गरेको थियो ।

Rotary club

टिचिङ अस्पतालका डाइरेक्टर डा. रोहित पोख्रेलले रोटरी क्लव अफ पशुपति काठमाडौंले विगतमा गरेको विभिन्न सहयोगको स्मरण गर्दै यस्तो विषम परिस्थितिमा पनि हामीलाई सहयोग गरीदिनु भएकोमा क्लब तथा क्लबका अध्यक्ष शालिकराम अधिकारीलाई धन्यवाद दिएका थिए । क्लबले गरेको सहयोगको पुर्ण सदुपयोग गर्दै आउदा दिनमा स्वास्थ्यसँग समबन्धित कामहरु सँगै मिलेर गर्ने प्रतिवद्धता जनाएका थिए ।

Rotary club

क्लबका अध्यक्ष शालिकराम अधिकारीले क्लबले स्थापना कालदेखि नै आज २३ औँ बर्ष सम्म सामाजिक कार्यमा समर्पित रहेर सामाजिक काम गर्दै आएको जानकारी गराएका थिए । विगतमा वर्षमा अस्पताललाई विभिन्न स्वास्थय मामग्री वितरण गरेको र क्लबले यस वर्षको निर्णय अनुसार टिचिङ अस्पताल महाराजगन्जमा पिपिइ सेट वितरण गरेको हो ।

अध्यक्ष अधिकारीले भने, हामीलाई पिपिइ सेट उपलब्ध गराइदिनु भएकोमा हाम्रो क्लबका सदस्य रोटरियन अनित थपलिया कोरीया तथा रोटरीयन संगीता कार्की कोरीया दुबै जनालाई धन्यवाद दिन चाहन्छु । कोभिड–१९ को महामारीका बीच अग्रपङ्तीमा काम गर्ने डाक्टर स्टाफ नर्स तथा कर्मचारीलाई राहत मिल्छ भन्ने विश्वास लिएका छौं । आउदा दिनमा रोटरी क्लब अफ पशुपतिले उक्त अस्पताललाई मानवीय सेवामा सामाजिक कार्य गर्ने प्रतिवद्धता जनाए ।

क्लबका पूर्व अध्यक्ष दुर्गा सुवेदीले हाम्रो अनुरोधलाई सहज रुपमा स्वीकार गरी यहाँसम्म बोलाई सहयोग गर्न मौका दिएकोमा धन्यवाद दिंदै सामानको सहि रुपमा सदुपयोग गर्न अनुरोध गरेका थिए । क्लब र अस्पतालबीच सहजकर्ताको रुपमा हस्पिटलकी स्टफ नर्स विस्मिता पौडेलको पहलमा पीपीइ वितरण गरिएको हो ।

उक्त कार्यक्रममा टिचिङ अस्पतालका सिनियर कर्मचारी कल्पना पीया, कविता देवकोटा, स्टाफ नर्स बिस्मीता पौडेल तथा सिनियर डाक्टरहरुको उपस्थिति थियो । भने रोटरी क्लव अफ पशुपति काठमाडौंबाट पूर्व अध्यक्ष रोटरीयन गोपाल दंगाल, सचिव रोटरीयन मिलन केसी, सदस्य रोटरीयन सूर्यबहादुर अधिकारी रोटरीयन ध्रुवप्रसाद घिमिरे तथा रोटरीयन चिरन्जिवी भट्टराईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्