बालउद्धार माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा नयाँ नेतृत्व



Baluddhar Mavi Group photo

काठमाडौं । नेपाल सरकारबाट हालै नमूना विद्यालयमा छनोट भएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बालउद्धार माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ध्रुवप्रसाद घिमिरे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

Baluddhar Mavi Group photo

अभिभावक तथा नगरपालिकाबाट मनोनित भएका सदस्यहरु मध्ये ज्येष्ठ सदस्य देवी रेग्मीको अध्यक्षतामा बसेको बैठकले सदस्य अरुण कुमार क्षेत्रीको प्रस्तावमा घिमिरे सर्वसम्मत रुपमा छानिएका हुन् ।

बालउद्धार माविको नयाँ व्यवस्थापन:

अध्यक्षः ध्रुवप्रसाद घिमिरे

सदस्यहरु:
अरुण कुमार क्षेत्री
देवी रेग्मी
उर्मिला पोखरेल
दिल कुमारी बिक (जनप्रतिनिधि)

सदस्य सचिवः विनोद पण्डित

Baluddhar Mavi Group photo

विद्यालय व्यवस्थापन समितिले मनोनित गर्ने एक महिला र एक पुरुष सहित शिक्षक प्रतिनिधिको छनोट आगामी बैठकले गर्ने छ ।

यो पनि:
प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वमा बालउद्धार काठमाडौंकै नमूना विद्यालयमा छनोट

विद्यालय व्यवस्थापन समितिको दोश्रो बैठकबाट नीजि श्रोतमा कार्यरत शिक्षक कर्मचारीको लागि आवश्यक पर्ने तलब बापतको रकम, विद्यालयको भौतिक पूर्वाधारको लागि आवश्यक रकम नगरपालिका समक्ष माग गर्ने निर्णय गरियो ।

विद्यालयको आन्तरिक शैक्षिक व्यवस्थापनको लागि शिक्षकहरुलाई दिंदै आएको एक प्रशासक सहित तीन सहायक प्रधानध्यापकहरुले पुर्याउनु भएको योगदानको उच्च सम्मान सहित जिम्मेवारी मुक्त गरिएको छ ।

यो पनि:
डा. राजन भट्टराईद्वारा बालउद्धार माविको नवनिर्मित भवन समुद्घाटन तथा सम्मान 

प्रतिक्रिया दिनुहोस्