स्वास्थ्य मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । स्वास्थ्य मन्त्रालयका तीन जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले तीन जना कर्मचारीलाई संक्रमण भएको पष्टि गरे ।

संक्रमितमध्ये दुई जना लेखा शाखामा कार्यरत कर्मचारी र एकजना कार्यालय सशयोगी छन् । संक्रमितहरुलाई आइसोलेसनमा राख्ने तयारी भएको प्रवक्ता गौतमले जनाए । साथै उनीहरुको सम्पर्कमा आए मन्त्रालयका अन्य कर्मचारीको पनि तीनचार दिनमा परीक्षण गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्