
काठमाडौं । लोकगायक प्रेमराजा महतमा कोरोना भाइरस कोभिड को संक्रमण भएको छ । अमेरिकामा बस्दै आएका गायक महत र उनकी पत्नी कविता महतमा कोरोना संक्रमण देखिएको हो ।
महत अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत समेत हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
महतले सामाजिक सञ्जाल फेसबूकमार्फत आफूलाई कोभिड १९ को संक्रमण भएको जानकारी गराएका छन् ।
‘यदि हामीले सतर्कता अपनाएनौं भनेर विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउनेवाला छैन ध्यान राख्दाराख्दै दुर्भाग्यवश म र मेरी पत्नी यसबाट जोगिन सकेनौं’ महत भन्छन् ।
साथै उनले सबै नेपालीलाई कोरोना संक्रमण हुनबाट सचेत रहन अनुरोध पनि गरेका छन् ।





