पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको हो।

सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर रहेको डा.शर्माले जानकारी दिए। उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे नौं बजे मृत्यु भएको थियो।

डा.शर्माका अनुसार उनलाई कुकुरले समेत टोकेको थियो। कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइराखेको थियो। बिहीबार साँझ पनि अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्