सशस्त्र प्रहरीका १६ जनामा कोरोना पुष्टि



इलाम । सशस्त्र प्रहरी बलको नं. १ गण इलाममा कार्यरत थप १६ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएका अधिकारीहरु छन् ।

योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना अधिकारी संक्रमित भइसकेका छन् । संक्रमित प्रहरीको विराटनगर वा धरानमा मध्ये एक स्थानमा उपचार हुने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताए । (रासस)

 

प्रतिक्रिया दिनुहोस्