सर्लाहीका नेकपा अध्यक्ष पन्तलाई कोरोना संक्रमण



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ । उनले बुधबार विज्ञप्ति जारी गरी आफूलाई कोरोना संक्रपण देखिएको बताएका छन् ।

हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् । ३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट गर्दा कोभिड पोजेटिभ देखियो’ उनले विज्ञप्तिमा भनेका छन् ।

यसबीचमा आफूले कामको सिलसिलामा केही भेटघाट र छलफल गरेको भन्दै उनले नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्