नेपाल प्रहरीका पूर्वएआईजीलाई कोरोना संक्रमण



२१ साउन २०७७ काठमाडौं । नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकृतका अनुसार लकडाउन अवधिभर काठमाडौं बाहिर नगएका पूर्वएआईजीको संक्रमणको स्रोत भेटिएको छैन । लकडाउन खोलीएसँगै काठमाडौं उपत्यका लगायत अन्य जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्