दाँतको समस्या र समाधानबारे डा. जीवन राई यसो भन्छन्…



१८ साउन २०७७, काठमाडौं

दाँतको भित्र गुदीको भागलाई हामी पल्प (dental pulp) भन्छौँ,जसमा रक्तसञ्चार र स्नायु प्रणालीका नसाहरु जराको फेद भागबाट आई थुप्रिएका हुन्छन्। त्यसैले पल्पले एक किसिमले दाँतको मुटुझैँ काम गर्छ।त्यस हिसाबले हेर्ने हो भने सानो दुधे दाँतहरू 20 वटाको 20 मुटु हुने भयो भने ठुलाहरूमा सामान्यतया बुद्धिबङ्गारा 4 वटै आएमा 32 वटा हुने कारण 32 वटा मुटु हुने भए।

एउटामात्र दाँतमा समस्या आएमा र पल्प (मुटु,केन्द्रबिन्दु)लाई दख्खल पुग्न गएको खण्डमा एकदमै सहन नसक्ने गरी दु:ख दिँदछ।

दाँतको मुटु (pulp)लाई असर पुर्याउने केही प्रमुख कारकहरु तथा समाधानहरु:-

१. दाँत किराले खानु/ दाँत कुहिनु (dental cavity/ decay)
दाँतको चारैतिरबाट micro-organisms ( gram positive bacteria, gram negative bacteria) हरूले घेरिरहेको हुँदछ। ति सुक्षम जिवाणुहरूले दाँतमा टाँसिएर बसेको खानेकुरालाई खाएपछि byproduct को रूपमा acid बन्ने काम हुन्छ। यो acid ले दाँतको भागहरू जहाँबाट पनि कुहाउन सक्छ। सुरूमा अलिकति हुन्छ त्यही फैलिदै गएर खाल्डै पर्छ। यसलाई हामी dental cavity/decay भन्छौँ।

समाधान
– किराले काम गर्न दिन हुदैन। यसको लागि मुखमा खानेकुरा अड्किन दिनहुदैन। ब्रस गर्दा 32ओटा दाँतको तल-माथि भित्र-बाहिर पुग्ने गरेर गर्न अल्छी वा हेलचक्राई गर्न हुँदैन।
-बेला बेलामा आफ्नो मुखको स्वास्थ्य स्थिति कस्तो छ भनेर अपडेट लिई राख्नुपर्छ बेनेडिक्टसँग।
-यदि थोरै खाएको कुरा पत्ता लगाउने बित्तिकै किराले खाएको सबै भाग सफा गरेर हटाई dental cement ले भर्नुपर्छ।
– किराले खाएर सानो खाल्टो हुँदा भर्नु नै बुद्धिमानी हुन्छ किनभने खाल्टो बढ्न पाउँदैन। ‘दुखेकै छैन किन भर्नु?’ भनेर त्यति वास्ता गर्नु भएन भने सानो खाल्टो ठूलो भ्वाङ हून जान्छ र पल्प सम्म पुग्यो भने अचाकलि दुख्ने, गिजा पाकेर आउने जस्तो जटिलता आउँछ र थोरै खर्चमा सहज तरिकाले हुने कुरामा उपचारको प्रकृया लामो हुन गई खर्च पनि बढ्ने हुन्छ।

२. गिजाको रोग (ginigivitis & periodontitis)
दन्त लेऊ (dental plaque) खाना खाएको केहि समय पछि बस्न सुरू गर्छ।

दन्तलेऊ अनगिन्ती micro-organisms हरूको थुप्रो हो।

त्यसकारण खानेकुरा खाएपछि मज्जाले सफा पानीले कुल्ला गरेर निल्ने वा फ्याक्ने बानी धेरै राम्रो हो। पानि निल्नाले शरिरलाई चाहिने पानि पनि दिँदछ। र खाना खाएको 30 मिनेट पछि ब्रस गर्नाले भर्खर जमेको दन्तलेउ दाँतको कुनाकाप्चाबाट हटाउन धेरै मदत गर्दछ।

यदि सफा हुन सकेन भने यो दन्त लेउ नै कडा हुन जान्छ र दन्त पत्थर (dental calculus)को रूप लिन्छ। जुन ब्रस र कुल्लाले जति गरेपनि हटाउन सकिदैन बरू दिनदिनै थपिँदै र गिजाबाट भित्र गई गिजा र हड्डि दुबैलाई मक्काउने काम गरिरहेको हुन्छ जसलाई (ginivitis & periodontitis) को किसीमको गिजाको रोगले दु;ख दिन सुरू हुन्छ। कहिले काहीँ यो रोगको त्यति लक्षण नदेखिने पनि हुन्छन्।

देखिने लक्षणमा गिजा सुन्निनु र ब्रस गर्दा रगत बग्नु(gingivitis), गिजाको भाग तल सर्दै जानु र दाँत पहिलेको भन्दा लामो देखिनु(gingival recession)र दाँतमा दुखाई हुनु, गिजाको वरिपरि बाट पिप आउनु र हल्लिएको महसुस हुनु (periodontitis)।

समाधान
चेक जाँच गराई , फोहोर जमे नजमेको पत्ता लगाई आवश्यक परेको खण्डमा scaling गरेर जमेको फोहोरको ढिक्काहरू हटाउनुपर्छ। यो दन्त चिकित्सकले किल्निक/अस्पताल मा उपकरणहरुको सहायताले गर्न सक्नुहुन्छ।

 

३.दाँत मा चोट लाग्नु
धेरै कारणहरु बाट दाँतमा चोट पुग्न सक्छ। जस्तै कुनै बस्तुसँग ठोक्किएर वा वा लड्दा, खेल खेल्दा वा दाँत बाङ्गोटिङ्गो आएर अथवा दाँतको position नमिलेको (deep bite) अवस्थामा लामो समय सम्म टोकिरहँदा दाँतहरुलाई बढि ठक्कर पुग्न जान्छ र दाँतको मुटु पल्प मर्न सक्छ (non- vital pulp)।

समाधान
– लडेर भाँचिएको दाँतको उपचार simple Fillling, Root canal Treatment (RCT) बाट गर्न सकिन्छ।
– बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाएर टोकाईमा सुधार ल्याउन सकिन्छ।
– चिप्लो ठाउँमा हिँड्दा, खेल्दा होशियारी अपनाउने ।
– कुनै खेल खेल्दा दाँतहरुलाई चोट नलागोस् भनि mouth guard appliances हरूनाप लिएर बनाउन सकिन्छ र हरेक चोटि खेल खेल्न भन्दा अगाडि लगाउने र खेल सकिएपछि फुकालेर सुरक्षित राख्न सकिन्छ।

४. ब्रस गर्ने तरिका नमिल्नु ( in appropriate way of brushing)
– अन्धाधुन्द ब्रसको प्रयोगले गिजालाई तल सारिरहेको हुन्छ।
– सार्हो ब्रसको ( hard bristle tooth brush) प्रयोगले दाँतलाई केहि बर्षमै खियाउँदै जान्छ जसलाई cervical abrasion भन्छौँ। यो बेलैमा भरेर उपचार नगर्दा बढ्दै गएमा दाँतको नशालाई (pulp)लाई भेट्न सक्छ र दुःख दिन थाल्छ।
– नरमै ब्रस (soft bristle brush) भएपनि दाँतलाई रगडेर ब्रस गर्दा पनि दाँत खिईन सुरू गर्छ।

समाधान:
-ब्रस गर्दा दाँतलाई सेतो पार्ने र चम्काउने हिसाबले ब्रस गर्दा रगडेर गर्न हुँदैन।
-ब्रस गर्दा त अड्किएको खानेकुरा र दन्त लेऊ पखाल्ने हिसाबले बरु समय लगाएर नरम ब्रसले ऐनामा हेर्दै सबै भागमा सकेसम्म नरम तरिकाले पुर्याउनु पर्छ।
-नरम ब्रसमा colgate ultra soft tooth brush , sensodyne tooth brush आदि पर्न जान्छ ।
-हार्ड ब्रसमा Colgate Oral-B र छाम्दा धेरै सार्हो महशुस हुने किसिमको ब्रसहरू पर्छन्।

५. दाँतको सर-सफाईमा हेल्चेक्राई गर्ने बानि – हामी दिनको दुई पटक खाना खाएपछि ब्रस गर्नलाई दुई मिनेट समय छुट्याउदैनौं। – छिटो छिटो र लतर पतर गर्ने बानीलाई सुधार्दै जानुपर्छ। -खानेकुरा खाएपछि मुख सफा पानीले मज्जाले कुल्ला गरेर पिउनाले वा फ्याँक्नाले पानीले दाँतमा टाँसिएर अल्झिएर बसेका खानाहरुलाई बगाएर पेटमा पुर्याउँछ भने शरिरलाई पानीले लाभ नै पुर्याउँछ।

आफुले पाएको ज्ञानलाई स्वयम आफुले आफ्नो दैनिकीमा उतार्ने, अनि मात्र आफ्नो छोरा छोरीलाई, साथी भाई र आफ्नो नजिक को लाई सिकाउने र पालन गर्न हौसला दिने
– कुनै असल स्रोतबाट छैन भने फेसबुक, यु-टुबको पछाडि लागेर experiment गर्न नखोज्नु र डक्टर/डेन्टिष्टको सल्लाहमा हिँड्नुमा नै पछि पछुताउनुबाट बाँच्न सकिन्छ।

“यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छ अथवा  एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछ।”
धन्यवाद ।

डा. जीवन राई
डेन्टल सर्जन
युनाईटेड डेन्टल केयर, सातदोबाटो

प्रतिक्रिया दिनुहोस्