शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका, बैठक स्थगित



१६ साउन २०७७, काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना शंका संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

सभापति खड्काले भनिन्, ‘आइतबार शहरी विकास मन्त्रालयलाई बोलाएर छलफल गर्ने कार्यक्रम तय भएको थियो, तर सचिवज्युलाई कोरानो संक्रमणको आशंका भएकोले बैठक स्थगित भएको छ ।’  खड्काले सचिव अधिकारी केही दिन आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने भएकोले बैठक स्थगित भएको बताइन् ।

उता, शहरी विकास मन्त्रालयका एक कर्मचारीले सचिव अधिकारीलाई कोरोना संक्रमण भएको भन्ने सुन्नमा आएको बताए । उनले सचिव अधिकारीको स्वाव संकलन भैरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्