कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १७ पुग्यो



१६ साउन २०७७, दोहा । कतारमा कोरोना संक्रमण कम हुदै गएको छ । बिहीबार ३०७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख १० हजार ४ सय ६० जना पुगेको छ ।

बुधबार मात्र २४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ७ हजार १३५ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाको कारण १७१ जनाको मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

हालसम्म कतारले ४ लाख ८७ हजार ४३५ जनाको कोरोना परीक्षण गरी सकिएको जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन ।

 

प्रतिक्रिया दिनुहोस्