काठमाडौँमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि



१५ साउन २०७७, काठमाडौँ

पछिल्लो २४ घण्टामा नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको । संक्रमितमध्ये ४१ जना काठमाडौँका रहेका छन् ।

पछिल्ला दिनहरुमा राजधानीमा कोरोना संक्रमितका संख्या बढ्दै गइरहेको छ ।

बिहीबार पीसीआर विधिबाट ६ हजार ३ सय ४ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्