नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १४ हजार नाघ्यो



१४ साउन २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्