आज मात्रै काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार मात्रै काठमाडौंका ३ र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्