नेपालमा कोरोनाको कारण थप एकको मृत्यु,  मृत्यु हुनेको संख्या ४९ पुग्यो



१३ साउन २०७७, काठमाडौँ

कोरोनाको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

आज बझाङका ६५ बर्षिया वृद्धको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

उनी दम रोगबाट पिडित भएको र केही समयअघि मात्र भारतबाट नेपाल आएको बताइएको छ ।

यसअघि देशका विभिन्न क्षेत्रका ४८ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्