थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाघ्यो



१३ साउन २०७७, काठमाडौँ

मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्