हृदयघातका कारण कलाकार गोपाल राउतको निधन



१३ साउन २०७७, काठमाडौँ

कलाकार गोपाल राउतको निधन भएको छ । विगत केहीबर्ष देखि अमेरिकाको क्यालिफोर्नियामा परिवारसहित बस्दै आएका गोपालको हृदयघातका कारण ५८ बर्षको उमेरमा निधन भएको हो ।

कलाकार राउतले दर्जनौं टेलिफिल्म र फिचर फिल्ममा अभिनय गरेका छन् । ‘रुपमती’, ‘गुलाफ एकैपटक फुल्छ’ उनी अभिनीत लोकप्रिय टेलिश्रृंखला हुन् । त्यस्तै, ‘१६ बर्षे जोवन’, ‘सन्यास’, ‘अर्जुन’, ‘प्रेमयुद्ध’, ‘दोधार’ लगायतका फिल्ममा उनले सम्झनलायक अभिनय गरेका थिए ।

सामाजिक सञ्जालमा विभिन्न चलचित्रकर्मीले उनलाई समवेदना प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्