अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गर्ने पक्राउ



१२ साउन २०७७, काठमाडौं

अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका–२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।

विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । ठगी धन्दा खुलेपश्चात रुपन्देही बुटवलमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न बहानामा पटकरपटक गरी ५ लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्ने बिश्वास दिलाई १ लाख ६० हजार रुपैयाँ थप ठगी गरेका थिए ।

निक्की पौडेलको नाममा फेक आइडीबाट फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेत आफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको अपराध महाशाखाले जनाएको छ ।

उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्