भदौ १ देखि कक्षा ११ को बोर्ड परीक्षा लिदै सेतीदेवी मावि



१० साउन २०७७, काठमाडौं

श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयले कोरोना भाइरस (कोभिड–९) महामारीले स्थगित कक्षा ११ को नियमित तथा आंशिक बोर्ड परीक्षा आगामी भदौ १ गतेदेखि संचालन गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी गरिएको कक्षा ११ को परीक्षा संचालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ अनुसार विद्यालयमा नै परीक्षा संचालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले परिवर्तन खबरलाई बताए ।

परीक्षा विहान ७:०० देखि १०:०० बजेसम्म संचालन हुनेछ ।

विद्यालयद्वारा जारी परीक्षा तालिका :

प्रतिक्रिया दिनुहोस्