दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा



१० साउन २०७७, काठमाडौं

एजेन्सी- दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो । शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिनुभएको हो ।

यहाँ यही जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन् । दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरसका १ लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ ।

यहाँ आजसम्ममा ४ लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । यहाँ दिनप्रतिदिन यसका संक्रमितहरु देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको बताइएको हो ।

प्रतिक्रिया दिनुहोस्