आस्थाको प्रश्न– ‘हेर्दैछु नेपाली गीतसंगीत कहाँ जादैँछ, के दर्शकलाई यस्तै चटक नै मन पर्दैछ’ ?



०९ साउन २०७७, काठमाडौँ

आस्था राउत बेला बेलामा कन्ट्रोभर्सिमा आइरहने गायिकामा पर्छिन् । उनी आफूलाई चित्त नबुझेका कुरा निर्धक्क भएर सामाजिक सञ्जाल मार्फत सेयर गर्छिन् । जसका कारण उनी बेला बेलामा विवादमा आउने गरेकी छिन् ।

अहिले पनि उनले म्यूजिक नै नसिकि त्यसै रहर लागेको भरमा गायक गायिका बन्न आउनेहरुप्रति आक्रोश पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ । अटो ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसकिने ?’ ‘युटुबबाट डलर त आउला तर म्यूजिकल ज्ञान कहाँबाट छाउला । हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ, के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?’

टिकटक, फेसबुकमा भाइरल भएर केही दिनमा रमाउने गायक–गायिकाहरुतर्फ ब्यङ्ग्य गर्दै आस्थाले केही बोल्नु कि नबोल्नु भनेर पनि लेखेकी छिन् ।

अहिले सबैको ध्यान नै भाइरल गीतहरु तर्फ गएकाले राम्रो गीतहरु कम बन्न थालेको र राम्रो बनेका गीतलाई पनि दर्शकले सुन्न छोडिदिएको भन्दै उनले गुनासो समेत पोखेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्