![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2020/07/anna.jpg?fit=720%2C417&ssl=1)
०९ साउन २०७७, काठमाडौँ
हलिउड अभिनेत्री अन्ना क्याम्पले आफूलाई कोरोनाको लक्षण देखिएको बताएकी छिन् ।
उनले आफ्नो इन्ष्टाग्राम अकाउण्ट मार्फत यो कुराको जानकारी दिएकी हुन् । अन्नाले एकपटक आफू बिनामास्क सार्वजनिक स्थलमा गएको र त्यहि समयदेखि आफू असहज महशुस गरिरहेको बताएकी छिन् ।
उनले कोरोना टेष्ट पनि गराइन् । तर रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आएपनि उनले ३ हप्तादेखि आफूलाई गाह्रो भैरहेको जानकारी दिएकी छिन् । उनले आफ्नो सुँध्ने र स्वाद थाहा पाउने शक्ति कम भएको महशुस भैरहेको समेत बताइन् ।
उनले आफ्ना फ्यानलाई सचेत रहन आग्रह गरेकी छिन् । आफूले एकपटक लापरवाही गरेकाले उनलाई अरुलाई जोखिम नलिनलाई सुझाव दिएकी छिन् । उनले बाहिर निस्कदाँ मास्क र सेटिटाइजर लगाएर मात्र निस्कन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आफ्ना फ्यानलाई अपिल गरेकी छिन् ।