अमिताभ कोरोनामुक्त भएको खबर झुटो, खुद अमिताभले दिए जानकारी



०९ साउन २०७७, काठमाडौँ

भारतीय मिडियाले अमिताभ बच्चन कोरोनामुक्त भएको बताएको थियो । तर यो कुरा झुटो भएको खबर प्राप्त छ ।

खुद अमिताभले ट्वीटरमार्फत यस कुराको जानकारी गराएका छन् । उनले आफू कोरोना मुक्त नभएको र अस्पतालमा उपचार गराइरहेको जानकारी दिएका छन् ।

१२ दिनदेखि अमिताभ सहित उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनको मुम्बईको नानावती अस्पतालमा उपचार भैरहेको छ ।

अमिताभको ट्वीट भारतीय मिडियालाई एकपटक फेरि झुटो साबित गरिदिएको छ । अभिषेक पनि कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज हुने खबर सार्वजनिक भएको थियो । अभिषेकले भने यसबारे केही जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्