‘अहिले पुराना कलाकारलाई इज्जत नगर्ने शैलीको विकास भएको छ’ : शोभित बस्नेत



०८ साउन २०७७, काठमाडौँ

केहीसमयदेखि सामाजिक सञ्जालमा चर्किएको भुवन र साम्राज्ञीको विवादमा निर्देशक तथा कलाकार शोभित बस्नेतले पनि आफ्नो तर्क राखेका छन् । उनले भुवन र साम्राज्ञी विवादमा साम्राज्ञीको गल्ती देखाए । तर वास्तविकता नबुझी त्यसै बोल्नु उचित होला र ?

सत्य के हो त्यो हामीले त्यसै अनुमान गरेर भन्न सक्दैनौँ । भुवन र साम्राज्ञीको विवाद उनीहरुलाई मात्र थाहा छ । झगडा सुल्झाउनको सट्टा यहाँ त बढाउने काम पो भैरहेको छ । शोबितले अन्तवार्तामा भुवन र साम्राज्ञीको विवादबारे मात्र नभएर साम्राज्ञीको निजी जीवनबारे पनि टिप्पणी गर्न भ्याए ।

त्यसका साथै उनले आजभोली नेपाली चलचित्र क्षेत्रमा छ्यापछ्याप्ती नयाँ कलाकारको आगमन भैरहेकाले नेपाली चलचित्र क्षेत्र लथालिङ्ग भएको समेत तर्क दिए । उनले पहिले पहिले कलाकार आफ्नो काममा मात्र व्यस्त हुने गरेको तर आजभोली सेटमा आएपनि टिकटक र फेसबुकमा व्यस्त हुन थालेको बताए ।

उनले थपे, ‘पहिले पहिले कलाकार कहाँ छन् भनेर दर्शकले खोज्दा पनि भेट्दैनथ्य । तर, अहिले दरबारमार्गको ५ वटा रेष्टुरेन्टमा पुग्ने हो भने १० जना कलाकार भेटिन्छन् । सबैजना फेरि चलचित्रको बिषयमा भन्दा टिकटकको बिषयमा गफ गरिरहेका हुन्छन् ।’ शोभितले कलाकारसँग आक्रोश व्यक्त गर्दै भने–‘पहिले–पहिले दर्शकले कलाकारसँग फोटो खिच्न पाउँदा खुशी हुन्थे । अहिले कलाकारले नै दर्शकलाई बोलाई–बोलाई तस्वीर खिचेर फोटो अपलोड गर्छन् ।’

साथै उनले, अहिले पुराना चलचित्रकर्मीलाई इज्जत नगर्ने शैलीको विकास भएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्