कोरोनामुक्त भए अमिताभ, अभिषेक पनि आजै अस्पतालबाट डिस्चार्ज हुदैँ



०८ साउन २०७७, काठमाडौँ

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनलाई केहीसमय अघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो ।

निरन्तर उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ । उनी अब कोरोनामुक्त भएको भारतीय मिडियाले जानकारी दिएको छ । कोरोनामुक्त भएपनि उनी अझै केहीदिन अस्पतालमै बस्नेछन् ।

अमिताभसँगै अभिषेकको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी आजै अस्पतालबाट डिस्चार्ज हुनसक्ने बताइएको छ । आराध्या र ऐश्वर्याको भने रिपोर्ट आउन बाकिँ नै रहेको बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्